दफा
आयोगको सचिव
  (१) न्याय परिषदको सचिवलेआयोगको सचिव भई काम गर्नेछ ।
(२) यस ऐनमा अन्यत्र लेखिएका काम, कर्तव्य र अधिकारको अतिरिक्त आयोगको सचिवको अन्य काम,
कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः –
(क) आयोगको निर्णय कार्यान्वयन गर्ने वा गराउने,
(ख) आयोगको सचिवालयमा रहने अभिलेख अद्यावधिक, व्यवस्थित र सुरक्षित राख्ने,
(ग) आयोगका कर्मचारीलाई कार्यविभाजन गरी काममा लगाउने,
(घ) आयोगको सचिवालयको काम कारबाहीको अनुगमन, नियन्त्रण, सुपरीवेक्षण गर्ने,
(ङ) आयोगको निर्णय सम्बन्धित व्यक्ति वा निकायलाई जानकारी गराउने,
(च) नेपाल सरकार र अन्य सम्बन्धित निकायसँग आवश्यकता अनुसार सम्पर्क र समन्वय गर्ने,
(छ) आयोगले तोकेको अन्य काम गर्ने ।
(३) आयोगको सचिवले आफूलाई प्राप्त अधिकारमध्ये कुनै अधिकार आवश्यकता अनुसार आफू मातहतको कुनै राजपत्रांकित अधिकृतलाई प्रत्यायोजन गर्न सक्नेछ ।